
काठमाडौँ – जाजरकोट जिल्लाको खलंगा बजारमा रहेको कृषि विकास बैंक लिमिटेडमा अनलाईन बैकिङ्गको सुरुवात गरिएको छ । शुक्रबार (भदौ १५ गते) बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला ले औपचारिक रुपमा अनलाइन बैंकिङको सुरुवात गरे ।
बैंकको क्षेत्रीय कार्यालय नेपालगंजका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षता सम्पन्न समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक लि बैंकिङ्ग कार्यालय जाजरकोटका प्रबन्धक महानन्द चौलागाईँले गरे । सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेकोसमारोहमा विभिन्न कार्यालय/संघ संस्थाका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानी प्रसाद शर्मा, असल ग्राहकको तर्फबाट लाल बहादुर नेपाली, प्रमुख जिल्ला अधिकारी ललित बस्नेत, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष भिम बहादुर सिहं, जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष तेज विक्रम शाह, बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बैंकले उपलव्ध गराउने सेवाहरुले जाजरकोट बासीहरुको मन छुन सकोस र गरिब भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस् भन्दै बैंकको उच्च प्रगतिको कामना गरे ।
कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्टको बारेमा जानकारी गराउँदै प्रकुख कार्यकारी अधिकृत सिटौलाले जाजरकोट जिल्लाका जुनेचांदी गाउँपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा स्थापना हुन गईरहेका कार्यालयहरुमा कर्मचारीहरु खटाई सकिएको जानकारी दिए । स्थानीय जनताको सहयोग भएमा बैंकले निरन्तरता पाउने उनले बबताए ।
बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले समग्र बैंकको व्यवसाय, देशका यूवाशक्ति लगायत सबै वर्गलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराउने उल्लेख गरे ।
कृषि तथा लघुउद्यम विभागका विभागीय प्रमुख धु्रबचन्द्र गौतमले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको बताए ।
त्यस्तै, कृषि विकास बैंक क्षेत्रीय कार्यालय नेपालगंजका निर्देशक रामचन्द्र आचार्यले बैंकले अबका दिनमा जाजरकोटबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे ।
कार्यक्रममा कृषि विकास बैंक लि. मुख्य कार्यालय काठमाडौंका शा.अ. धर्मराज न्यौपानेको समेत उपस्थिती रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्