
काठमाडौँ – कुमारी बैंक लिमिटेड र टिच फर नेपालबीच सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि सहकार्य भएको छ । सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर बढाउने उद्देश्य राखेर काम गर्दै आएको टिच फर नेपालसँग सहकार्य गर्दै कुमारी बैंकले सिन्धुपाल्चोक, दाङ, पर्सा, लम्जुङ्ग, ललितपुर, धनुषा जिल्लामा हुँदै आएको यस अभियानलाई निरन्तरता दिन सहयोग गर्नेछ । यस अभियानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्व विद्यालयहरूबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरूले २ वर्ष स्वयंसेवी शिक्षकको रूपमा अंग्रेजी, गणित र विज्ञान विषयहरूमा देशका विभिन्न ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयहरूमा प्रशिक्षण दिने गरेका छन् ।
सन् २०१३ सालमा ललितपुरको ग्रामिण क्षेत्रमा ३३ जना शिक्षकहरुले सुरु गरेका अभियानलाई २०१४ मा सिन्धुपाल्चोक र २०१५ मा धनुषा जिल्लामा समेत बिस्तार गरिएको थियो । यस अभियानमा हालसम्म २७० जनाभन्दा बढी शिक्षकहरूले सामुदायिक विद्यालयहरूमा प्रशिक्षण दिइसकेका छन् । तीन जिल्लामा ४० सामुदायिक विद्यालयका ९ हजार भन्दा बढी विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको छ ।
हाल ११० जना शिक्षकहरूले ५१ सामुदायिक विद्यालयहरूमा १० हजार विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा प्रशिक्षण गराइरहेका छन् । यस अभियानलाई निरन्तरता दिने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले टिच फर नेपालका अध्यक्ष रेशु अर्याल ढुंगानालाई १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्