
काठमाडौं – माछापुच्छ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को शुरुवात गरेको छ । हाल ‘माया’को सेवा बैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको छ । यो सेवा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भएकोले ग्राहकहरुसँगको अन्तरक्रियाबाट ‘माया’ले स्वयं पनि आफ्नो बौद्धिकता अभिवृद्धि गर्दै लैजाने छ ।
फेसबुक मेसेन्जरमा सम्पर्क गरी ग्राहकहरुले चौबिसै घण्टा आफ्नो खाताको ब्यालेन्स, खाताको विवरण, नजिकका शाखा, एटीएम, बैंकले प्रदान गरिरहेको बचत खाता, कर्जा, ब्याजदर, वित्तीय साक्षरता सम्बन्धि जानकारी ‘माया’ मार्फत पाउन सकिने बैंकले जानकारी गराएको छ ।
यस सेवामार्फत ‘माया’ले हजारौं ग्राहकहरुको लाखौं प्रश्नलाई तुरुन्त विभिन्न स्रोत मार्फत सूचनाहरुलाई संकलन गरी ग्राहकको जिज्ञासाहरु मेटाउन सक्ने क्षमता रहेको बैंकले बताएको छ । साथै, उक्त सेवा नेपालमै पहिलो पटक बैंकिङ्ग क्षेत्रमा प्रयोगमा ल्याएको बैंकले जनाएको छ । बैंकले आफ्ना ८६ शाखा, २ एक्सटेन्सन काउन्टर, २७ शाखारहित बैकिङ र ९९ एटिएमबाट सेवा दिइरहेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्