×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकका ३ संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्दै, कसको कति ?

PRIME CA

मेगा बैंकका ३ संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्दै, कसको कति ?

२४ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मेगा बैंकका ३ जना संस्थापक सेयरधनीहरुले आफ्नो सेयर बिक्रि गर्ने भएका छन् । बैंकका ३ जना संस्थापक कुल ३२ हजार ९६६ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मिति (भदौ २४ गते) बाट ३५ दिनभित्र आवेदन  दिनुपर्नेछ । उक्त आवेदन बैंकको केन्द्रीय कार्यालय राइजिङ मल, कमलादी काठमाडौंमा दिन सकिने छ  ।
बैंकका संस्थापक सेयरधनी इन्दु लम्साल (थापा) ले ४ हजार ३७२ कित्ता, सीत देवी पौडेलले १३ हजार २४७ कित्ता र विसन शाक्यले १५ हजार ३४७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । यो संस्थापक सेयर खरिद गर्न सर्वसाधारण सेयरधनीले पनि इच्छा देखाएका छन् । संस्थापक सेयरधनीले आवेदन नदिएमा सर्वसाधारण सेयरधनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: