
काठमाडौँ – मेगा बैँक नेपाल लिमिटेडले एकै दिन सिन्धुली जिल्लाका दुई स्थानमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारी र सोही गाउँपालिकाको वडा नम्बर ११ चकमकेमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारीमा शाखारहित बैँकिङ्ग सेवाको उद्घाटन गर्दै वडा अध्यक्ष गोबिन्दबहादुर राउतले बेलघारीका जनताहरुको बिगत १० बर्षदेखि गाउँबाटै बैकिङ्ग सेवा पाउने सपना अहिले आएर मेगा बैकले साकार गरिदिएको भन्दै खुशी व्यक्त गरे ।
यसैगरी, तीनपाटन गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष पुण्यहरि भुजेलले चकमके जस्तो जिल्लाकै बिकट स्थानमा आफ्नो सेवा विस्तार गरेकोमा मेगा बैँकलाई धन्यवाद दिदै स्थानीय जनप्रतिनिधिको हैसियतमा आफुले सक्दो सहयोग गर्ने बताए ।
मेगा बैँकका माईक्रो बैँकिङ्ग विभागका अधिकृत शिबहरी भण्डारीले एक सय भन्दा बढी शाखा कार्यालय तथा १ सय १९ शाखारहित बैकिङ्ग सेवामार्फत मेगा बैंकले देशका बिभिन्न स्थानबाट बैकिङ्ग सेवा प्रदान गराउँदै आएको जानकारी दिए ।
मेगा बैंकका सिन्धुली शाखा प्रबन्धक केशबप्रसाद देवकोटाले मेगा बैकको खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने र १० लाखसम्मको सरल कर्जा शाखारहित बैंकिङवाट उपलब्ध हुने जानकारी गराएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्