Skip to content
LAXMI SUNRISE BANK

मकालु यातायातको टिकट अब अनलाइनबाट काट्न सकिने

अर्थ सरोकार

नेपालको पूर्वी क्षेत्रमा उत्कृष्ट तथा गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको मकालु यातायातको टिकट अबदेखि अनलाइनबाट काट्न सकिने भएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै यात्रुमानुभावहरूलाई टिकट काट्न सहज होस् भन्ने उदेश्यले माउन्ट मकालु यातायात प्रा.लि.ले बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट काट्न सकिने सेवा सुरू गरेको हो । अनलाइन टिकटिङ सेवासँगै अबदेखि पूर्वी नेपालका झापा, मोरङको बिराटनगर, धरान, ताप्लेजुङ, जनकपुर लगायतका क्षेत्रमा अनलाइनबाटै टिकट काटेर यात्रा गर्न सकिनेछ । 
कम्पनीले राजधानीमा एक कार्यक्रमको आयोजना गरी अनलाइन टिकटिङ सेवाको औपचारिक सुरूवात गरेको हो । कार्यक्रममा माउन्ट मकालु यातायात प्रा.लि.का अध्यक्ष तुलसी मान सिंहले भन्नुभयो ‘ विश्वमा मात्र नभएर नेपालमा पनि अहिले प्रविधिको प्रयोग बढिरहेको छ । हरेक क्षेत्र प्रविधिको प्रयोग गरेर अगाडी बढिरहेका बेला यातायात क्षेत्रलाई पनि प्रविधि मैत्री बनाइ यात्रुलाई सहजता प्रदान गर्नुपर्छ भन्ने उदेश्यले हामीले अनलाइन टिकटिङको सेवा सुरू गरेका हौँ’ । 
कार्यक्रममा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले भन्नुभयो,‘ हामीले नेपालको यातायात क्षेत्रलाई डिजिटलाइज बनाउनुपर्छ भन्ने उदेश्यले करिब चार वर्ष अगाडी बससेवा डटकमको स्थापना गरेका थियौँ । यहि क्रममा पूर्वी नेपालमा उत्कृष्ट र गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको मकालु यातायातसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । यातायात क्षेत्रलाई डिजिटलाइज बनाउने हाम्रो अभियानमा मकालुसँगको सहकार्यले महत्वपूर्ण सहयोग पुग्छ भन्ने हाम्रो विश्वास रहेको छ । 
यात्रुहरूले माउन्ट मकालु यातायातको आधिकारिक वेभसाइट माउन्ट मकालु डटकम (www.mountmakalu.com) अथवा बससेवाको वेभसाइट बससेवा डटकम (www.bussewa.com) तथा बससेवाको मोबाईल एप्सबाट सिधै टिकट काट्न सक्नेछन् । यसैगरी इसेवाको वेभसाइट तथा मोबाईल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ । इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोलछिमेकमा रहेका इसेवाका जोन तथा पोइन्टबाट टिकट काट्न सकिनेछ । साथै निकट भविष्यमा आइएमइ पे, इप्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिनेछ । 
करिब २२ वर्ष अगाडी स्थापना भएको माउन्ट मकालु यातायात प्रा.लि. पूर्वी नेपालमा यात्रुहरुको पहिलो रोजाइको यातायात कम्पनी बन्न सफल भएको छ । यो अविधसम्म ५० लाख भन्दा बढि यात्रुलाई सेवा प्रदान गरिसकेकोे यो यातायात कम्पनीले समय र यात्रुको मागसँगै डिलक्स र एसी गाडी मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK