
काठमाडौँ – आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ म.न.पा. वडा नं. १६, ठमेलमा आज आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त शाखा कार्यालयको समुद्घाटन गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि शिवाकोटीले बैंकिङ्ग कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिए । साथै सहज रुपमा खाता खोली वित्तीय साक्षरता लगायतका सेवा पनि प्रदान गर्न आवश्यक रहेको वताए । यस विकास बैंकले यी सबै कामहरु उत्कृष्ट रुपमा गर्दै आएकोमा प्रशंशा गर्दै ठमेल शाखाको प्रगतिको कामना गरे ।
उक्त कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ्ग, नेपाल महिला सघंका क्षेत्रीय सभापती (क्षेत्र न. ६) सावित्री राजभण्डारी लगायतले बैंकको सफलताको शुभकामना मन्तब्य राखे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघु उद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए ।त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उद्घाटन समारोहका सभाध्यक्ष तथा संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाडौँ उपत्यका भित्र ठमेललगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर,जोरपाटीर भक्तपुरको कमलविनायक गरी १३ शाखाहरु संचालनमा आई सकेका छन् भने कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा र बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमासेवा सञ्चालनको तयारीमा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्