Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकले एकैसाथ विस्तार गर्यो चार नयाँ शाखा, साखा संख्या ९५ पुग्यो !

अर्थ सरोकार


काठमाडौँ – आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा सिराहा जिल्लाको लाहन, गोलबजार र मिर्चैया तथा सर्लाही जिल्लाको लालबन्दी गरी चार शाखा कार्यालय विस्तार गरेको छ ।
लाहन शाखाको समुद्घाटन जिल्ला उद्योग वाणिज्य संघ, लाहनका अध्यक्ष सुनिलकुमार महतो, गोलबजार शाखाको समुद्घाटन गोलबजार नगरपालिकाका मेयर बेदनाथ शाह, मिर्चैया शाखाको समुद्घाटन मिर्चैया नगरपालिकाका मेयर सर्वण कुमार यादव, तथा लालबन्दी शाखाको समुद्घाटन लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले गरे । शाखाकार्यालय समुद्घाटनका क्रममा प्रमुख अतिथिहरुले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे । 
शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १७ वटा एटिएम र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । हालै बैंकले आकर्षक विशेषता सहितको नगदफिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK