×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौँको जोरपाटीमा, डेपुटी गभर्नर श्रेष्ठले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौँको जोरपाटीमा, डेपुटी गभर्नर श्रेष्ठले गरे उद्घाटन

१९ भाद्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्नाशाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ गोकर्णेश्वर(जोरपाटी) न.पा. वडा नं. ०५, मा आज आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।
शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले प्रविधि प्रयोग गरी घरमै वसी कारोवार गर्न सक्ने बनाउन शुभकामना दिए । साथै सहज रुपमा खाता खोली वित्तीय साक्षरता लगायतका सेवा पनि प्रदान गर्न आवश्यक रहेको बताए । उनले यस विकास बैंकले कृषि र विपन्नवर्गमा प्रदान गरेको लगानीको प्रशंसा पनि गरे ।
कार्यक्रममा बैंककी ब्रान्ड एम्बेसडर कुन्जना घिमिरे (सुन्तली), वागमती अभियन्ता उत्तम पुडासैनी, वडा अध्यक्ष नारायण ब. सुवेदी, उपमेयर शान्ती नेपाल लगायतले बैंकको सफलताको शुभकामना मन्तब्य राखे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । उनले यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने ताए । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसँगै भावीदिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीयनिकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता उनले व्यक्त गरे । 
उद्घाटन समारोहका सभाध्यक्ष तथा संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाडौँ उपत्यकाभित्र जोरपाटी लगायतमहाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर र भक्तपुरको कमलविनायक गरी १२ शाखाहरु संचालनमा आई सकेका छन्भने ठमेल, कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमासेवा सञ्चालनको तयारीमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी