काठमाडौँ – नयाँ नेपाल लघुवित्त बित्तिय संस्था लि केन्द्रिय कार्यलय धुलिखेलले दुई दिने गोष्ठी सम्पन्न गरेको छ । २०७५ असोज ५ र ६ गते शाखा कार्यालय बर्दिबासमा सञ्चालित गोष्ठीमा आर्थिक वर्ष २०७४/०७५ को बार्षिक समिक्षा एबमं चालु आर्थिक बर्ष २०७५/०७६ को कार्यक्रम तथा रणनीति सम्बन्धि दुई दिने गोस्टी सम्पन्न भएको हो। वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीताको समिक्षा, शाखा कार्यालयहरुको प्रगती विवरण र लक्ष्य निर्धारण, व्यक्तित्व विकास साथै रिपोर्टिङ्ग सम्बन्धि विषयमा छलफल गरिएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय कार्यलयका बिभिन्न बिभागका प्रमुखहरुको पनि उपस्थिती रहेको थियो।
उक्त कार्यक्रममा बित्तिय संस्था का २३ ओटा शाखा कार्यालयका प्रमुखहरुले आफ्नो साखाको प्रगती बिबरण र बजेटको अवस्था बारे प्रस्तुतिकरण दिनुका साथै शाखा सञ्चालनमा भएका कमि-कमजोरी, अवसर – चुनौतीहरु, समस्या र समाधानका उपाय लगायत लक्ष्य र प्रगतीको अबस्थाबारे छलफल गरेका थिए । अबको दिनमा लघु बित्तिय सेवालाई अझ प्रभाकारी ढङ्गका साथ अगाडी बढाउने कुरामा सम्पुर्ण कार्यलयका प्रमुखहरुको एकमत रहेको थियो।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्