
काठमाडौँ – नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्थाले दोश्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सम्पन्न कार्यक्रमको उद्घाटन नेपाल सरकार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरे ।
नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्थाले देशको वर्तमान आवश्यकताअनुरुप कृषिजन्य उत्पादन बढाउन सहयोग पुग्ने गरी परीकल्पना तय गरेको लम्सालले बताए । गण्डकी प्रदेशमा ससाना तर धेरै संख्यामा कृषिजन्य उद्योगहरु स्थापना गरिने र २०२० को लक्ष्य बमोजिम आउने पर्यटकहरुको लागि आवश्यक बासस्थानको व्यवस्था गर्न पर्यटन क्षेत्रहरुमा होमस्टेहरु संचालन गरिने भएकोले नेपाल एग्रो माइक्रोफाइनान्स जस्ता वित्तीय संस्थाहरुको महत्व अझै बढ्ने मन्त्री उनले बताए ।
धेरैभन्दा धेरै कृषकको घरदैलोमा पुगेर एक दुई वटा गाई पाल्नेलाई पाँच सात वटा गाइ पाल्न, दुई चार वटा बाख्रापाल्नेलाई वीस पच्चीस वटा बाख्रा पाल्न, एउटा गह्रामा तरकारी खेति गर्नेलाई चार पाँचवटा गह्रामा तरकारी खेति गर्न हौसला सहित कर्जा तथा तालिम प्रदान गर्ने कार्य गर्दै देशको कृषिको उत्पादकत्व बढाउन सहयोगी हुने परीकल्पना राखेको नेपाल एग्रो माइक्रोफाइनान्सले सोहि बमोजिम आफ्नो कार्य अघि बढाउन लागेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए । दुई वर्षको अवधिमा कास्की, पर्वत, वाग्लुङ, गुल्मी, पाल्पा, सल्यान, प्युठान, रोल्पा, तनहुँ र लम्जुङ गरी १० जिल्लामा २६ शाखामार्फत करीव १५ हजार परिवारलाई कर्जा, वचत, बीमा तथा रेमिट्याान्स सेवा प्रदान गर्ने क्रममा रु.३५ करोडभन्दा बढि लगानीमा रहने गरी कर्जा प्रवाह गरेको र करीव रु.१२ करोड निक्षेप संकलन गरेको उनले जानकारी दिए ।
नेपाल एग्रो माइक्रोफाइनान्सका अध्यक्ष रमेश कुमार कर्माचार्यले पछिल्लो करीव दुई वर्षदेखि कर्जाको ब्याजमा भएको बृद्घिले हरेक क्षेत्रका ब्यवसायीहरुलाई लगानीको लागि असहज परिस्थिति भईरहेकोले सम्बन्धित निकायको ध्यानाकर्षण गरे । नेपाल एग्रोले सर्वसाधारणको लागि छुट्याइएको ३० प्रतिशत पुँजी विक्रीगर्ने प्रकृया शुरु भइसकेकोले निकट भविष्यमा हालको पुँजी रु.३ करोड ३६ लाख बढेर रु.४करोड ८० लाख पुग्ने उनले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटीका कर्मचारी ध्रुव लामिछानेको अनुसार रक्तदान कार्यक्रममा मन्त्री विकास लम्साल सहित १६ जनाले रक्तदान गरेकाथिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्