
काठमाडौँ – नेपाल बैंक लिमिटेडले मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं ५ सानोपोखरामा शाखा स्थापना गरेको छ । नेपाल सरकारको वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने नीतिमा सघाउने उद्धेश्यले दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तार गर्ने क्रममा चालू आर्थिक वर्षमा स्थापित नेपाल बैंकको यो पाचौँ शाखा हो ।
एक वर्षमा २८ शाखा विस्तार गर्ने लक्ष्य लिएको बैंकले पहिलो त्रैमासमा नै पाँच शाखा स्थापना गरेको हो । यससँगै नेपाल बैंकको कुल शाखा संख्या १४४ पुगेको छ । यी शाखाले हिमाल, पहाड र तराईका ५६ जिल्लालाई कभर गरेका छन् । यसबाहेक, बैंकका ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट संचालनमा छन् । बैंकले १४ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पुर्याइरहेको छ ।
८१ वर्षदेखि देशको वित्तीय सेवामा संलग्न नेपाल बैंकले ०७५ असारसम्म रु ९९ अर्ब ८३ करोड निक्षेप संकलन गरि रु ७९ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्