
काठमाडौँ – टि भी एस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर आफ्नो थप १० अत्याधुनिक शो रुमहरु उद्घाटन गरेको छ । आफ्नो अत्याधुनिक शोरुमहरुमा टि भी एसको सम्पुर्ण मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुनुका साथै केहि समय अघि मात्र बजारमा ल्याइयको टि भी एस अपाचे आर आर ३१०, टि भी एस अपाचे आर टि आर १६० फोर भी र टि भी एस एनटोर्क १२५ स्कुटर पनि उपलब्ध रहने छ।
यहि आश्विन १ गते देखि व्यवसायिक रुपमा सञ्चालनमा आयका नयाँ अत्याधुनिक शो रुमहरु काठमाडौँको कान्तिपथ, कुपन्डोल, टुसाल, र काठमाडौँ बाहिर इनरुवा, राजविराज, सिराहा, धादिङ, गरुडा, कावासोती र डडेलधुरामा रहेका छन्, ग्राहकहरुले यी शो रुमहरु मार्फत टि भी एस का विभिन्न मोडलका मोटरसाइकल र स्कुटरहरु खरिद गर्न सक्नेछन
जगदम्बा मोटर कम्पनीका उपादक्ष्य दिपक अग्रवालका अनुसार ग्राहकहरुले अबका दिनहरुमा सुविधाजनक रुपले स्थानीय शो रुम मार्फत सेवा प्राप्त गर्न सक्नेछन। टि भी एस ग्राहकहरुको सहज सुबिधा र किफायतीपन प्रति सदैव प्रतिवद्द रहेको छ।
टि भी एस प्रति आफ्ना ग्राहकहरुको लगानी सुरक्षित महशुश गर्न सक्नुको साथै र सकारात्मक प्रतिक्रिया प्रदान गरिरहेको र भबिस्यमा पनि कायम रहने कुरामा कम्पनि ढुक्क रहेको उल्लेख गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्