Skip to content
LAXMI SUNRISE BANK

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको भुक्तानी अब राष्ट्रिय वाणिज्य बैंकको डिजिटल सेवामार्फत हुने

अर्थ सरोकार

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच कोषका सञ्चयकर्तालाई सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले हस्ताक्षर गरेका छन् । 
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई ठूला वित्तीय कारोबार गर्ने सरकारीे संस्थाहरु बीच भएको यस सम्झौताबाट सञ्चयकर्तालाई अझ शीघ्र र प्रभावकारी ढंगबाट आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न सकिने बताए । 
कोषका प्रशासक तुलसीप्रसाद गौतमलले हाल कोषमा करिब छ लाख सञ्चयकर्ता रहेको उल्लेख गर्दै देशकै ठूलो बैंक र ठूलो फण्ड म्यानेजर बीचको यो सम्झौता बित्तीय क्षेत्रको सेवा प्रवाहमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
उक्त सम्झौतापश्चात कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताहरुलाई प्रदान गर्ने कर्जा सापटी, कोषको रकम भुक्तानी, विशेष सापटी तथा अन्य भुक्तानी अब राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट इन्टरनेट बैंकिङ्ग डिजिटल सेवा मार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको सञ्चयकर्ताको खातामा सिधै रकम जम्मा हुने छ । 
बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK