
काठमाडौँ – सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा कृषि विकास बैंक लिमिटेडले एटिएम सेवा सुरु गरेको छ । कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र मेलम्ची नगरपालीकाका नगर प्रमुख डम्बर बहादुरले संयुक्त रुपमा एटिएमको उद्घाटन गरे ।
कृषि विकास बैंक क्षेत्रीय कार्यालय, काठमाडौँका मुख्य निर्देशक चुडामणी तिम्सेनाको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्ट(भिसा कार्ड, आईपिएस, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा, मोवाईल बैकिङ्ग, एसएमएस) को बारेमा जानकारी दिए ।
मेलम्ची नगरपालीकाका प्रमुख डम्बर बहादुर अर्यालले बैंकले मेलम्ची बजारको घरआँगनमा नै एटिएम सेवा उपलव्ध गराएको हुँदा आम स्थानीय जनताहरुले उक्त सेवाको उपभोग गर्नुपर्ने बताए । बैंकले उपलव्ध गराउने सेवा सुविधाहरु पारदर्शी ढंगले समयमानै उपलव्ध गराउन सकेमा आम सेवाग्राहीहरुको आकर्षण कृषि विकास बैंकप्रति अझ बढ्ने उनको भनाइ थियो ।
कृषि विकास बैंक लि.क्षेत्रिय कार्यालय काठमाडौँका मुख्य निर्देशक चुडामणी तिम्सेनाले कृषि विकास बैंकले स्थापनाकालदेखि नै गरिबभन्दा गरिब किसानहरुको जीवनस्तर उकास्नमा निरन्तर वित्तीय सहयोग गर्दैं आएको बताए ।
कार्यक्रममा कृषि विकास बैंक क्षेत्रीय कार्यालय काठमाडौँका निर्देशक तारानाथ पाण्डे, कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेल र कृषि विकास बैंक केन्द्रीय कार्यालयका शा.अ. राजेन्द्र पराजुलीको समेत उपस्थीती रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्