Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकद्वारा मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई कम्प्युटर सहयोग

अर्थ सरोकार

काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले रुपन्देहीको मोतिपूरमा रहेको मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई कम्प्युटर सहयोग गरेको छ । बैंकको फर्साटिकर उप¬शाखाद्धारा आयोजित कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले मोतिपुरमा लामोसमय देखि व्यवस्थित ढंगले खानेपानी वितरण गर्दै आएको र समाजमा सफल सस्थाको रुपमा पहिचान गर्न समेत सफल उक्त संस्थालाई कम्प्युटर हस्तान्तरण गरे ।
स्थानीय सर्वसाधारणको व्यापक उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सिटौलाले नेपाली जनताको आर्थिकस्तर उकास्न तथा देशमा आर्थिक समृद्धि ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गरे । उनले ५१ बर्ष अगाडी कृषकहरुको आर्थिक समृद्धिका लागि स्थापित कृषि विकास बैंकले हाल आधुनिक प्रविधि मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराजमा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनीहरुको क्षमता बृद्धिका लागि बिभिन्न बित्तीय साक्षरता, सामाजिक सामुदायिक कार्यक्रम एबम् तालिमहरु समेत प्रदान गर्दै आईरहेको उनको भनाई थियो ।
कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्क प्रताप सुवेदी, भैरहवाका क्षेत्रीय निर्देशक मिनराज पोखरेल, बैंकका प्रबक्ता हिमलाल पौडेल, मुख्य कार्यालयका शा.अ.धर्मराज न्यौपाने कृषि विकास बैंक लि.फर्साटिकर शाखाका कार्यालय प्रबन्धक लगायत कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK