
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो अठारौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विपद् व्यवस्थापनको लागि चाहिने उद्धार सामग्रीहरु प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विपद्को बेला उद्धारमा खटिने प्रहरी कर्मचारीहरुलाई प्राप्त सामग्रीले थप मद्दत पु¥याउने चर्चा गर्दै नेपाल प्रहरीलाई उक्त सामग्री प्रदान गरेकोमा बैंकप्रति आभार प्रकट गरे ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष रोशन के.सी.ले विपद् व्यवस्थापनमा नेपाल प्रहरीले गरेको उद्घार कार्यको प्रशंसा गर्दै ७ वटै प्रदेशमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सामग्री उपयोगी हुने विश्वास व्यक्त गरे । जनताको सेवामा समर्पित नेपाल प्रहरीसँग हातेमालो गर्न पाउँदा आफु र सम्पूर्ण माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोग आदान प्रदान गर्ने उनले बताए ।
बैंकले नेपाल प्रहरीलाई ५५ लाख ७६ हजार रुपैयाँ बराबरको विपद् उद्घार सामग्रीहरु दिएको हो । हस्तान्तरण गरिएका सामाग्रीहरुमा भत्केका संरचनामा उद्धार तथा खोजीमा प्रयोग हुने उपकरणहरु, अग्नी नियन्त्रणका सामाग्रीहरु, रोप तथा वाटर रेस्क्यूका सामाग्रीहरु तथा ¥याफ्ट बोट र उक्त बोटलाई चाहिने आवश्यक उपकरणहरु लगायत छन् ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै,बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्