Skip to content
LAXMI SUNRISE BANK

बक्स अफिस : १७ दिनमै झन्डै १६ करोड २० लाखको कारोबार, जय भोलेको लगानी पनि सुरक्षित !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाली चलचित्र छक्का पञ्जा -३ ले १७ दिन मै १६ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । घटस्थापना देखि प्रर्दशनमा आएको उक्त चलचित्रले यसअघिका सिक्वेलका रेकर्डसमेत तोडेको छ । उक्त चलचित्रले गत शनिबारसम्म राजधानी तर्फ ८ करोड २० लाख कारोबार गरेको छ भने मोफसलतर्फ ठीक ८ करोड कारोबार गरेको छ । विशेषगरी हास्य व्यंग्यमा जमेको समूह भएकाले पनि धेरैले यो चलचित्र मन पराएका छन् । 
यता चलचित्र ‘जय भोले’ले भने सोचे जस्तो व्यापार गर्न सकेको छैन । केहिले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएपनि अधिकांसले यो चलचित्र ‘झुर’ भएको प्रतिक्रिया दिएका थिए । फूलपातिको दिनदेखि रिलिज भएको अशोक शर्माको फिल्म जय भोलेले दुई दिनमा १ करोड ३० लाख ग्रस कलेक्सन गरेको थियो  । यद्यपी जय भोलेको लगानी भने सुरक्षित छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK