काठमाडौं – सिभिल बैंकले जीवन बिमा सेवा थप विस्तार गर्ने उद्देश्यले युनियन नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र युनियन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।
अब यस इन्स्योरेन्सको जीवन वीमा सेवा सिभिल बैंकको देशभरका ६९ शाखा मार्फत उपलब्ध हुने सीइओ गुरुङले बताए । यसबाट सेवाग्राहीले प्रत्यक्ष लाभ हासिल गर्न सक्ने बैंकले विश्वास लिएको छ ।
सिभिल बैंकले यसअघि पनि जीवन वीमा कम्पनीहरु मेटलाइफ, एलआइसी नेपाल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका साथै अन्य निर्जीवन बिमा कम्पनीहरुसँग सहकार्य गर्ने सम्झौता गरिसकेको छ ।