Skip to content
LAXMI SUNRISE BANK

इजीलिंक रेमिट्यान्सको ब्रान्ड एम्बास्डरमा रबि लामिछाने

अर्थ सरोकार

काठमाडौँ – इजीलिंक रेमिट्यान्स ‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौँ’ भन्ने मूल नाराका साथ विगत १९ बर्ष देखि जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका बिभिन्न देशबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको सेवाप्रदायक कम्पनि हो । 
नेपाल राष्ट्र बैंकबाट १ नम्बरको विप्रेषण इजाजत प्राप्त नेपालको पहिलो अनि विश्वासिलो रेमिट्यान्स कम्पनिको रुपमा परिचित इजीलिंक रेमिट्यान्स ले चर्चित पत्रकार रबि लामिछानेलाई आज राजधानीमा गरिएको पत्रकार सम्मेलन बिच आफ्नो कम्पनिको ब्रान्ड एम्बास्डरमा आधिकारिक रुपमा नियूक्त गरेको घोषणा गरेको छ । लामिछानेले आफ्नो पेशालाई देशको राजनितिक, सामाजिक, आर्थिक लगायत विविध क्षेत्रमा व्याप्त विकृति र विसङ्गतीको विरुद्ध सशक्त रुपमा प्रयोग गरेका छन् । 
उनले नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउन देखाएको पेशागत इमान्दारिता र निष्ठाको कदर गर्दै आफ्नो ब्राण्ड एम्बास्डर घोषणा गरेका हौं, इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डिपी अर्यालले बताउनु भयो । इजीलिंक रेमिट्यान्सले रेमिट्यान्सको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन मात्र नगरी बिभिन्न रोजगार सम्बन्धि निःशुल्क रोजगारमुलक सेमिनारहरुमा पनि योगदान गर्दै आएको छ । 
जापान र कोरियाबाट इजिलींक मार्फत पठाइएको रकमबाट पठाउने व्यक्तिको नाममा १०० रुपैयाँ कर्णालीको कालिकोटमा बन्दै गरेको अस्पतालको खातामा जम्मा गरिने कुरा पनि पत्रकार सम्मेलन बीच प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी गराउनुभयो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK