×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता, बैंकका कार्ड होल्डर ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एभरेष्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता, बैंकका कार्ड होल्डर ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

Artha Sarokar

२९ आश्विन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरसँग विशेष छुट सेवा दिन सम्झौता गरेको छ । हस्पिटलको सेवा प्रयोग गर्दा बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर ग्राहकलाई विशेष छुट दिने सम्झौता गरिएको हो ।
सम्झौता अनुसार एभरेष्ट बैंकका कार्ड होल्डरहरुले नेपाल क्यान्सर हस्पिटलका सेवाहरु रेडियोलोजी, ल्याब्रोटरी चार्ज, बेड चार्ज, रेडियसन थेरापी तथा क्यान्सर स्कृनीङ प्याकेजमा छुट पाउनेछन् ।
एभरेष्ट बैंकको हाल ९ लाख ५० हजार भन्दा बढी ग्राहक पुगिसकेको छ । एभरेष्टले ८२ शाखा, ७ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र, ११३ वटा एटिएम तथा ग्लोबल सञ्जालबाट सेवाग्राहीलाई बैकिङ सेवा दिइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी