
काठमाडौँ – गण्डकी विकास बैंकको सिराहा जिल्ला स्थित लहान शाखाको औपचारिक उद्घाटन सम्पन्न भएको छ । लहान नगरपालिकाका प्रमुख मुनी साह सुडिले उक्त शाखाको उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुखले गण्डकी विकास बैंकलाई लहानमा स्वागत गर्न पाउँदा खुशी लागेको र यहाँका जनताले सरल र सहज रुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने बताए । साथै उनले बैंकको सफलताको शुभकामना समेत दिए ।
स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकको गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराए ।
गण्डकी विकास बैंक लिमिटेडका अध्यक्षसुशिल गौचनले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा बैंकका शाखालाई गाउँ गाउँमा पुर्याउदै वित्तीय पहुच विस्तार गर्ने उल्लेख गरे ।
कार्यक्रममा, उद्योग बाणिज्य संघ सिराहा लहानका अध्यक्ष अशोक अमात्य, जे.एस.मुरारका क्याम्पसका क्याम्पस प्रमुख तुलसीराम पोख्रेलले शुभकामना मन्तव्य दिएका थिए ।
उक्त शाखाबाट निक्षेप संकलन सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एबिबिएस, एटिएम, सिआस्वा, आईपिएस, मोबाइल बैकिङ्ग सेवा, सुनधितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवासहितको पूर्ण बैंकिङ्ग सेवा संचालन गरिएको प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी गराए ।
बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्