×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकद्वारा गोसाँईकुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण

PRIME CA
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकद्वारा गोसाँईकुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण

१८ आश्विन २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – ग्लोबल आइएमई बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका ६ स्थित गोसाँईकुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । 
रसुवा जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले बिहिबार ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले गोसाँईकुण्ड माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणराज पौडेलज्यूलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेका थिए । 
शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरुमा कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यका साथ बैंकले कम्प्युटरहरु सहयोग स्वरुप हस्तान्तरण गरेको हो । ग्लोबल आइएमई बैंक लि.ले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ । 
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १३२ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३८ एटिएम, १०३ वटा शाखारहित बैंकिङ्ग सेवा ३ प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: