×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माघ ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा ‘हिमालयन हाईड्रो एक्स्पो’ हुने, यस्तो छ तयारी (भिडियो रिपोर्ट)

काठमाडौँ- आगामी माघ ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा ‘हिमालयन हाईड्रो एक्स्पो’ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा सो एक्स्पो आयोजना गर्न लागिएको जानकारी गराएको हो । हाईड्रोसँग सम्बन्धित सबै प्रविधिका बारेमा विस्तृत जानकारी दिने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिएका छन् ।
३ दिनसम्म चल्ने एक्स्पोमा १ सय भन्दा बढि स्वदेशी तथा विदेशी स्टलहरु रहनेछन । जलविद्युत लगानी कर्ता, उत्पादक र इन्जिनियरलगायतका यस क्षेत्रमा चासो दिने सबैका लागि एक्स्पो उपयोगी हुने विश्वास गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: