
काठमाडौँ – जनताहरुलाई सहज र सुपथ तरिकाले वित्तीय सेवा प्रदान गर्ने उद्देश्यसहित स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७३ औं शाखा कैलाली गौरिगंगा नगरपालिकामा विस्तार गरिएको छ ।
शाखा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् गौरिगंगा नगरपालिका प्रमुख भीम बहादुर देउवाले विपन्न वर्गका जनतालाई साँच्चै नै वित्तीय सेवा पुग्ने गरी कार्य गरेमा उक्त क्षेत्रमा लघुवित्तको अत्यन्तै सम्भावना रहेको बताए ।
शाखा प्रमुख मधुसुदन निरौलाले जनताको सेवा र सुविधाको निमित्त आफु हरपल, हरदम तयार रहेको र देशमै गौरीगंगालाई नमुना शाखाको रुपमा स्थापित गर्नको निमित्त आफु र स्वदेशी परिवार तयार रहेको बताए ।
कार्यक्रममा गौरिगंगा नगरपालिकाका वडा नं. ७ का अध्यक्ष दलबहादुर कुमाल, स्वदेशी लघुवित्तका वरिष्ठ अनुगमन अधिकृत पुष्टबहादुर पाण्डे, ने.क.पा का प्रतीनिधी टंक भण्डारी, नेपाली कांग्रेसका कृष्ण खड्का, गौरीगंगा इलाका प्रहरी कार्यलयका इलाका प्रमुख गोपाल कार्की तथा गौरीगंगा न.पा वडा नं. ९ कि सदस्य गोमा भण्डारी लगायतको सहभागिता रहेको थियो ।
“मेहनती कहिल्यै भोको रहँदै, उद्यमी कहिल्यै बेरोजगार हुँदैन” भन्ने नाराका साथ संचालन भएको उक्त उद्घाटन कार्यक्रममा स्थानीय पत्रकारहरुको समेत सकृय सहभागिता रहेको थियो । कार्यक्रममा सुनौलो एफ.एम गौरिगंजका प्रबन्ध निर्देशक खगेन्द्र जैसी तथा पौराथारु राष्ट्रिय दैनिकका दिनेश दलित लगायतका उपस्थिति थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्