×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी माछापुच्छ्रे बैंकको थप ४ शाखा रहित बैंकिङ्ग सेवा सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी माछापुच्छ्रे बैंकको थप ४ शाखा रहित बैंकिङ्ग सेवा सुरु

८ कार्तिक २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले चितवन र गोरखामा ४ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाँउपालिका (हातीवाङ्ग), गोरखाको गण्डकी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका (छेपेटार) र गोरखाकै पालुङटार नगरपालिकामा थप ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ३७ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२५ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १०१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी