Skip to content
LAXMI SUNRISE BANK

मदिरामा सोखिन नेपालीहरु…दशैं तिहारको लागि १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको रक्सी आयात !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो तथ्यांकले नेपालीहरु मदिरामा खुब सौखिन भएको देखाएको छ । दशैं र तिहारको मुखमा मात्रै १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको मदिरा तथा मदिराजन्य बस्तुको आयात भएको तथ्यांकले नेपालीहरुको मदिराप्रतिको सोखलाई पुष्टी गरेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार गत साउन, भदौ र असोज महिनामा गरी १ अर्ब ६२ करोड ७ लाख ६४ हजार रुपैयाँ बराबरको मदिरा तथा मदिराजन्य बस्तुको आयात भएको छ । यो आयात दशैं र तिहारमा खपत हुने र त्यसपछि लगत्तै ठुलो परिमाणमा मदिरा र मदिराजन्य बस्तु भित्रिने जानकारहरुको भनाइ छ । गत आर्थिक वर्षमा ३ अर्ब ४ करोड ९ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको रक्सी आयात भएको थियो । तथ्यांक अनुसार असोज महिनामा ९८ करोड ८ लाख ४३ हजार रुपैयाँ बराबरको मदिरा तथा मदिराजन्य बस्तु आयात भएको छ भने भदौ महिनामा ४२ करोड २ लाख ३८ हजार रुपैयाँ बराबरको रक्सी आयात भएको छ ।
आर्थिक वर्ष २०७३÷७४ सालमा ४ अर्ब ३६ करोड १४ लाख १६ हजार रुपैयाँ बराबरको रक्सी आयात भएको थियो । नेपालमा बियर मात्र अष्ट्रेलिया, अमेरिका, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, आयरल्याण्ड, मेक्सीको, नेदरल्याण्ड, फिलिपिन्स, सर्बिया, थाइल्याण्ड, भियतनाम, भारत लगायतका देशहरुबाट आयात हुने गर्छ भने अन्य प्रकारका मदिराहरु अष्ट्रेलिया, साउथ अफ्रिका, क्यानडा, चीन, इटाली, जापान, चिली, पर्चुगल, ताइवान, स्पेन, दक्षिण कोरिया, अष्ट्रिया, पोल्याण्ड, नामिबिया, बेलायत, रसिया, स्यूडेन, ब्राजिल, क्यूबा, सिङगापुर, टर्की, अमेरिका, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, आयरल्याण्ड, मेक्सीको, नेदरल्याण्ड, फिलिपिन्स, सर्बिया, थाइल्याण्ड, भियतनाम, भारत लगायतका मुलुकहरुबाट आयात हुने गरेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK