×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकले ल्यायो मिसकल बैंकिङ्ग सेवा, अब मिसकलबाटै खाता सम्बन्धी जानकारी लिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ग्लोबल आइएमई बैंकले ल्यायो मिसकल बैंकिङ्ग सेवा, अब मिसकलबाटै खाता सम्बन्धी जानकारी लिन सकिने

Artha Sarokar

२६ आश्विन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ग्लोबल आइएमई बैंक लि. ले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्धेश्यले मिसकल बैंकिङ्ग (Missed Call Banking) सेवा सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत ग्राहक महानुभावहरुले बैंकले उपलब्ध गराएका बिभिन्न मोवाईल नम्बरहरुमा मिसकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सक्नुहुनेछ ।
ग्लोबल आइएमई बैंक लि.को मोबाइल बैंकिङ्ग सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकहरुले उपभोग गर्न मिल्ने यो सेवा अन्तर्गत ग्राहक महानुभावहरुले आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमा रु १०० टपअप (TopUp) गर्न ९८०१२३१२९६ नम्बरमा, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफुले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदान गर्ने बिभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सक्नुहुनेछ । ग्राहकमहानुभावहरुले माथि उल्लेखित फोन नम्बरहरुमा डायल गरेपछि उक्त नम्बरहरुमा १ घण्टी जाने र आफै फोन काटिने छ, त्यसपश्चात बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेज मार्फत पठाउनेछ । 
ग्लोबल आइएमई बैंक लि. अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दैै जाने क्रममा यसअघि अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा ग्लोबल स्मार्ट, भाईवर बैंकिङ्ग, अंग्रेजी तथा नेपाली भाषामा इन्टरनेट बैैंकिङ्ग सुबिधा, अनलाईन मार्फत घर मै अथवा जहाँँकहीं बसेर बैंक खाता खोल्न सकिने लगायतका सुबिधाहरु आफ्ना ग्राहकमाझ ल्याईसकेको छ । 
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १३२ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३८ एटिएम, १५ राजश्व संकलन काउण्टर, १०३ वटा शाखारहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गरिरहेको छ । 
ग्लोबल आइएमई बैंक लि. ले आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दैे समय समयमा आफ्ना सुबिधाहरुमा थप परिमार्जन गर्दै जाने लक्ष्य लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी