Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकद्वारा अनाथ वाल उत्थान समाजलाई ३ लाख आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौँ – नेपाल बैंक लिमिटेडले नवकिरण अनाथ असाहाय वाल उत्थान समाज धापाखेल ललितपुरलाई रु ३ लाख नगद सहयोग प्रदान गरेको छ । उक्त राशीको चेक नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले नवकिरण वाल उत्थान समाजका संस्थापक अध्यक्ष तथा संरक्षक साईमाता सावित्री देवी पोखरेललाई समाजको धापाखेलस्थित परिसरमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तर गरे ।
बैंकको संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत बडा दशैं ०७५ को अवसर पारी अनाथ समाजद्वारा आयोजित शुभकामना आदान प्रदान, चेक हस्तानान्तर तथा विविध आध्यात्मिक कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए ।
सो अवसरमा नेपाल बैंक लिमिटेड् संचालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले धर्मको मर्म प्रेममा र प्रेमको प्रतिविम्व दुर्वल अशक्तको सेवामा भेटिने परिप्रेक्ष्यमा दर्जनौ अनाथ वालवालिकालाई सहयोग गरिरहेको प्रेमको पावन मन्दिर यस वाल उत्थान समाजलाई यो सानो राशी सहयोग गर्न पाएकोमा नेपाल बैंक लिमिटेड् गौरवान्वित भएको बताए ।
वाल उत्थान समाजका संरक्षक साईमाता सावित्री पोखरेलले बैंकहरुले ससाना वचत स्वीकारेर ठूलो निक्षेप सिर्जना गरेजस्तै व्यक्ति तथा संस्थाहरुले पनि अनाथ असहायलाई सहयोग गर्ने कार्यमा ससानो सहयोग बढाई त्यसबाट मानव कल्याणकारी पुण्य खातामा वास्तविक तथा अक्षय निक्षेप बढाउन सक्ने वताउँदै यस पावन कार्यमा सहभागिता निम्ति नेपाल बैंक परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरिन् ।
उक्त कार्यक्रममा अतिथि प्रो.डा. ऋषि केशव नारायण श्रेष्ठ, समाजका अध्यक्ष केशव बहादुर खत्री, सल्लाहकारहरु विष्णु गोपाल श्रेष्ठ, रामशरण दाहाल लगायतका वक्ताहरुले वाल उत्थान समाजले अनाथ वालवालिकाको भविष्य निर्माणमा पुरयाएको योगदान र नेपाल बैंक लिमिटेडले जुटाएको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै बडा दशै, दिपावली, छठ, नेपाल सम्वतको शुभकामना व्यक्त गरेका थिए । 
उक्त कार्यक्रममा समाजका महासचिव पारस पोख्रेलले मानवले भवसागर पार गर्न प्रेम र सेवाको पथ अंगाल्नु पर्ने वताउंदै नेपाल बैंकको सहयोगको सराहना गरे । उक्त कार्यक्रममा समाजको आश्रय लिई अध्ययन कार्य अघि बढाईरहेका वालवालिकाले स्वस्ती वाचनका साथै गोविन्द हरे …गोपाल हरे ….कहां आउंछ घुमेर, यो वालपनको उमेर लगायतका भक्ति गीतमा नृत्य प्रदर्शन गरेका थिए । 
उक्त कार्यक्रममा श्री सत्य साई केन्द्र भिमसेनगोलाकी साई भजन गायिका शकुन्तला आचार्य, नेपाल बैंक लिमिटेड्का मुख्य प्रवन्धक विश्वराज वराल, प्रेस संयोजक मुकुन्द अर्याल अनाथ समाजका पदाधिकारीहरु, समाजमा आश्रय लिएका छात्र छात्राहरु र स्थानीय समाजसेवी ,भद्र भलाद्मीको उल्लेख्य उपस्थिति थियो । 
वि.सं. २०५५ मा कुपण्डोलबाट भाडाको घरबाट अनाथ वालवालिकालाई सेवा आरम्भ गरेको यस समाजले विभिन्न व्यक्ति संस्थाको सहयोगमा धापाखेलमा निर्मित आफनै भवनबाट हालसम्म ६० छात्रछात्रालाई संरक्षण दिई उनिहरुको भविष्य निर्माणमा सहयोग गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK