×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एन आई सी एशियाको नयाँ शाखा भोजपुरको दिङ्गलामा, षडानन्द नगरपालिकाका मेयर राईले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एन आई सी एशियाको नयाँ शाखा भोजपुरको दिङ्गलामा, षडानन्द नगरपालिकाका मेयर राईले गरे उद्घाटन

९ कार्तिक २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एन आई सी एशिया बैंकको नयाँ शाखा भोजपुर स्थित षडानन्द नगरपालिका दिङ्गलामा सञ्चालन भएको छ । उक्त शाखाको उद्घाटन षडानन्द नगरपालिकाका मेयर विरबल राईबाट कार्तिक ९ गते भव्य समारोहका बिच सु–सम्पन्न भयो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६४ शाखा कार्यालयहरु, २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी