
काठमाडौँ – देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा १८१ वटा शाखा कार्यालयहरुको सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गरी रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर लघुवित्तले रुपन्देही जिल्ला भैरहवा हिमालीपथस्थित निर्धन उत्थान लघुवित्तको भवनको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
“तपाईको एक थोपा रगत कसैको अमूल्य जीवन बन्न सक्छ” भन्ने मूल नाराका साथ रगत नपाएर छट्पटिएका ब्यक्तिहरुको जीवन रक्षाको निमित्त आयोजना गरिएको कार्यक्रममा संस्थाका कर्मचारीहरु, ग्राहक सदस्यहरु, अभिभावकहरु र सर्वसाधारणहरु गरी १८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । उक्त उक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी भैरहवा शाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो ।
सो अवसरमा भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शम्भु न्यौपानेले देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुका १८१ वटा शाखा कार्यालयको सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाको २०७५ भाद्र मसान्तसम्ममा ग्राहक संख्या ३,२०,८३१ रहेको, लगानीमा रहेको कर्जा रु. १५ अरब ४९ करोड ९४ लाख रहेको र बचत रु. ८ अरब ७० करोड १७ लाख रहेको जानकारी गराए ।
यस संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई यस संस्थाको भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शम्भु न्यौपानेले धन्यवाद ज्ञापन गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्