×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

होसियार ! पानीपुरी र चटपटे खाँदा सुर्खेतमा ४३ जना विरामी, बेच्ने व्यापारी प्रहरी नियन्त्रणमा !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
सुर्खेत – भेरीगङ्गा नगरपालिका, रामघाटको सिन्चुमा चटपटे र पानीपुरी खाँदा ४३ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रदीप बहादुर क्षेत्रीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार चटपटे र पानीपुरी खाएर बिरामी भएकाहरुको स्वास्थ्यस्थिति भने खतरामुक्त छ । विरामीहरुको कर्णाली  प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा उपचार भइरहेको क्षेत्रीले जानकारी दिए । 
व्यापारीले बाटोमा बेचिरहेको पानीपुरी र चटपटे खाँदा एउटै टोलकासमेत थुप्रै विरामी परेको र विरामी परेकाहरुमध्ये अधिकांस केटाकेटी र महिलाहरु रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । चटपटे बेच्ने व्यापारी प्रहरीको नियन्त्रणमा छन् ।
यसअघि अर्थ सरोकार डटकमले पानीपुरीमा हार्पिक राखी अमिलो बनाइने गरेको तथ्य प्रकाशन गरेको थियो । उक्त समाचार हेर्न यहाँ क्लिक गर्नुहोस् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: