Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकको नयाँ शाखा थानकोटमा, बागमती डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले गरे उद्घाटन

अर्थ सरोकार

काठमाडौँ – प्रभु बैंकले काठमाडौँको चन्द्रागिरी नगरपालिका स्थित थानकोटमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बागमती डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गरे । थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्येनजर गरी बैंकले थानकोट शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 
थानकोटस्थित बैंकको शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बागमती पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले आप्mनो मन्तव्यका क्रमममा पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुले आयल निगमलाई दिनुपर्ने रकम प्रभु बैंकको थानकोट शाखामा रहेको नेपाल आयल निगमको खातामा प्रभु बैंकको जुनसुकै शाखा कायालयबाट निशुल्क रुपमा जम्मा गर्न सकिने हुँदा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज भएको बताए । बैंकको थानकोट शाखा कार्यालयबाट बागमती अञ्चल भरीका पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, र उद्यमी व्यवसायीहरुले पनि आप्mनै टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् । 
बैंकको थानकोट शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरु, उद्यमी व्यवसायहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK