×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल दूरसञ्चार कम्पनीभित्रको बेथिति : मापदण्ड मिचेर करोडौं रुपैयाँको टेण्डर ‘सेटिङ’को कम्पनीलाई दिने तयारी !

PRIME CA

नेपाल दूरसञ्चार कम्पनीभित्रको बेथिति : मापदण्ड मिचेर करोडौं रुपैयाँको टेण्डर ‘सेटिङ’को कम्पनीलाई दिने तयारी !

१८ आश्विन २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनीले मापदण्ड मिचेर करोडौं रुपैयाँको एउटा टेण्डर ‘सेटिङ’ मिलाइएको कम्पनीलाई दिने तयारी गरेको खुलासा भएको छ । स्रोतका अनुसार पुराना तथा बिग्रिएका ब्याट्रीहरुको लिलामका लागि आह्वान गरिएको टेण्डरमा आन्तरिक मिलेमतो हुन थालेको खबर बाहिर आएको छ । कम्पनीले भदौ १४ मा पुराना र बिग्रिएका ब्याट्री बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो । 
पुराना र बिग्रेका ब्याट्रीहरु खरिद गर्नेहरुले बढाबढमा कबोल गर्नु पर्छ । जसले बढी मूल्य हाल्छ, टेण्डर उसैले पाउने नियम नै हो । तर कसले कति मूल्य कबोल गर्यो भन्ने गोप्य राखिनुपर्ने जानकारी बाहिर आइसकेको दावी स्रोतको छ । ‘कसले बढी रकम कबोल गर्यो भन्ने थाहा भइसक्यो । यस्तो गोप्य सूचना दूरसञ्चार कम्पनीबाटै चुहावट भएको शंका छ ।’ स्रोतले भन्यो । कम्पनीले आफैले तोकेको मापदण्डविपरीत टेण्डर दिन खोजेपछि यो कामकारबाहीविरुद्ध एक व्यवसायी अख्तियारसम्म पुगेका छन् । व्यवसायीले टेण्डर प्रक्रियामा अनियमितता भएको भन्ने दावी गर्दै प्रधानमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सूचना तथा सञ्चार मन्त्रालय, वायरलाइन तथा ग्राहक सेवा केन्द्रमा उजुरी दिएका छन् । उनले अन्यायपूर्ण तरिकाले आह्वान गरिएको टेण्डर रद्द गर्नुपर्ने माग गर्दै सबै मिडियालाई यस विषयमा सहयोग गरिदिनसमेत आग्रह गरेका छन् ।
उजुरीमा उद्योग मन्त्रालयबाट रिसाइक्लिन सम्बन्धी कार्य गर्ने इजाजत नलिएका, वातावरण मन्त्रालयबाट कुनै पनि वातावरण सम्बन्धी कार्य गर्ने स्वीकृत नलिएका, रिसाइक्लिनसम्बन्धी पूर्वाधार नभएका, आन्तरिक राजस्वबाट इजाजत नलिएका कम्पनीहरुसमेत प्रतिस्पर्धामा रहेको दावी गरिएको छ । प्रतिस्पर्धामा आउन रोक्ने मनसायका साथ बोलपत्र आह्वान गर्दा एउटा मापदण्ड बनाउने र पछि त्यसलाई खुकुलो पार्ने निर्णय गरिनुले आफूहरु अन्यायमा परेको मापदण्ड नपुगेको कारण आवेदन नदिएका व्यावसायीको गुनासो छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: