
काठमाडौँ – टोयोटाको ५२ वर्ष देखिको नेपालको लागि एक मात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. (युटीएस) ले प्रदेश ७ धनगढिको बसन्त क्लासिक अटोमोबाइल्सलाइ औपचारिक रुपमा टोयोटाको ३ एस सेवा दिने गरि बिक्रेता नियुक्त गरेको छ। चर्चित कम्पनी टोयोटाद्वारा उत्पादित गाडी अब धनगढिमा पनि सहज रुपमा उपलब्ध हुनेछ ।
प्रदेश ७ को धनगढिमा खोलिएको यस नयाँ ३ एस सेवा टोयोटाको अन्तराष्ट्रिय गुणस्तरलाइ ध्यानमा राखी संचालनमा ल्याइएको हो । धनगढिका ग्राहकहरुको अत्याधिक मागलाई महसुस गरि बसन्तक्लासिक अटोमोबाइल्सले टोयोटालाइ धनगढिमा ल्याउने उदेश्यबोकी अघि बढेको थियो र यस अघि बसन्तक्लासिक अटोमोबाइल्सले सोहि सम्बन्धि व्यापार गर्दै आइरहेको थियो। बजारको आवश्यकता र क्षमतालाइ मध्यनजर गर्दै बसन्त क्लासिक अटोमोबाइल्सले टोयोटा परिवारमा समाबेश हुने निर्णय गरि यस नयाँ शोरुम खोलेको हा ।
यही कार्तिक १२ गते सम्पन्न भएको यस नयाँ शोरुमको भब्य उद्घाटनमा युटीएसका बरिष्ट निर्देशक श्री कैलाश भक्त राजभण्डारी ज्यु एवं बसन्तक्लासिकका श्री भुवन भट्ट, श्री बसन्त भट्ट, र श्री देवीदत्त भट्टद्वारा रिबन काट्ने र पानसमा बत्तिबालेर शोरुमको औपचारिक उद्घाटन गरिएको थियो । १५० भन्दा बढी ग्राहकहरुको सहभागिता रहेको यस उद्घाटन कार्यक्रममा कैलाश राजभण्डारी ज्यु द्वारा स्वागत मन्तब्य गरिएको थियो र शोरुमको बारेमा बोल्दै ग्राहकलाइ चाबी सुम्पिनु भयो ।
बसन्त क्लासिक अटोमोबाइल्सले प्रदेश ७ मा अन्य प्रदेशका बिक्रेताहरुले झैँ गुणस्तर एवं सहज ढंगमा सेवा दिनेमा युटीएस बिस्वस्त रहेको छ ।ग्राहकलाई कुनै पनि कठिनाई नहोस भन्ने सोच बोकी यस शोरुमले विभिन्न योजना तयार गरेको र उत्कृस्ट सेवादिने यस शोरुमका संचालकले जनाएका छन ।जापानीमा“काइजेन“अर्थात् “सदैव सुधार गर्न तत्पर“ लाइ ध्यानमा राखी यस नयाँ शोरुमले आउने दिनहरुमा राम्रो सुबिधा दिने र सबैलाइ राम्रो हुने गरि सेवाप्रदान गर्नेमा युटीएस ढुक्क छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्