
काठमाडौं – युनाइटेड फाइनान्सले सेवा विस्तार गर्ने क्रममा टेकुस्थित एमएडब्ल्यू इन्भेष्टमेण्ट रहेको भवनमा एटीएम काउण्टर सञ्चालन गरेको छ । फाइनान्सले कालिमाटीमा अत्याधुनिक प्रविधिसहितको टचस्क्रिन एटीएम मेशिन सञ्चालन गरेको हो । बुधवार एक कार्यक्रमबीच कम्पनीका सञ्चालक विष्णुकुमार अग्रवालले उक्त काउण्टरको उद्घाटन गरेका हुन् । उक्त एटीएमबाट कुनै पनि बैङ्क तथा वित्तीय संस्थाबाट जारी गरेका भिसा डेबिट कार्ड प्रयोग गरी रकम झिक्न सकिने बताइएको छ ।
काठमाडौंको दरबारमार्गमा मुख्य कार्यालय रहेको कम्पनीले उपत्यकामा न्यूरोड, कालीमाटी र गठ्ठाघर तथा उपत्यकाबाहिर विराटनगर, बुटवल, नेपालगञ्ज, पोखरा, नारायणघाट, दाङ, वीरगञ्ज, बिर्तामोड, दमक, इलाम, सुर्खेतबाट सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्