Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंककोे नयाँ शाखा बैतडीको सिगासमा, अवस्थी र सिटौलाले गरे उदघाटन

अर्थ सरोकार

काठमाडौँ – कृषि विकास बैंक लि.ले बैतडी जिल्ला सिगास गाउँपालीकामा नयाँ शाखाको औपचारिक उदघाटन गरेको छ । बैंकका सञ्चालक समिति सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उदघाटन गरे । कृषि विकास बैंकको क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिशचन्द्र यादवको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा बोल्दै सिगास बैतडीका प्रवन्धक नृप कुंवरले स्वागत मन्तव्य व्यक्त गरे ।
सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा सिगास गाउँपालिका हरि सिहं धामी, शिक्षा क्याम्पस प्रमुख राजेन्द्र सिहं धामी, कांग्रेसका पूर्व जिल्ला सभापति उद्धब बहादुर ऐर, उच्च मा.वि.सिगासका प्रमुख गोपाल सिहं धामी, वडा नं २ का अध्यक्ष तथा कृषि विकास बैंक लिमिट्ड शाखाका ग्राहक प्रेम सिहं धामीले बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले बैंकले प्रदान गर्ने सेवा, सुविधा तथा बैंकको एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा जानकारी गराएका थिए । साथै, बैंकले चालु आर्थिक वर्षमा प्रत्येक प्रदेशका लागि कम्तीमा दुई वटा उत्पादनमुलक ठूला परियोजनाका लागि वित्तीय लगानी उपलव्ध गराउने कार्यक्रम रहेको, व्यवसायीक कृषि परियोजनामा विशेष प्रथामिकताका साथ कर्जा लगानी गर्ने, स्थानीय जनताको सहयोग निरन्तर भएमा बैंकले भविष्यमा बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने कुरा समेत बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK