काठमाडौँ – डडेलधुरा जिल्लाको परशुराम नगरपालिका स्थीत जोगबुढामा कृषि विकास बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कृषि विकास बैंकका सञ्चालक समिति सदस्य घनश्याम अवस्थी, बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र परशुराम नगरपालिका प्रमुख भिम बहादुर साउदले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।
सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा परशुराम नगरपालिका मेयर भिम बहादुर साउदले बैंकको उच्च प्रगतिका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बैंकले चालू आर्थिक वर्षमा प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा उत्पादनमुलक ठूला राम्रा परियोजनाका लागि वित्तीय लगानी उपलब्ध गराउने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले जानकारी दिए । यसबाहेक, व्यवसायिक कृषि परियोजनामा विशेष प्रथामिकताका साथ कर्जा लगानी गर्ने एवम् स्थानीय जनताको सहयोग निरन्तर भएमा बैंकले भविष्यमा बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलब्ध गराउने बैंकको उद्देश्य रहेको उनले जानकारी गराए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्