काठमाडौँ – बझाङ्ग जिल्लाको बुङ्गगल नगरपालीका–४ मा कृषि विकास बैंक लिमिटेडले नयाँ शाखा स्थापना गरेको छ । कृषि विकास बैंक लि.का संचालक समिति सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।
प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्ट (एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा जानकारी गराउनुका साथै बैंकले यस आ.व.मा प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा उत्पादनमुलक ठूला राम्रा परियोजनाका लागि वित्तीय लगानी उपलव्ध गराउने कार्यक्रम रहेको जानकारी दिए । व्यवसायीक कृषि परियोजनामा विशेष प्रथामिकताका साथ कर्जा लगानी गर्ने बैंकले स्थानीय जनताको सहयोग निरन्तर भएमा भविष्यमा बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने समेत उनले बताए ।
बैंकका संचालक सदस्य अवस्थीले कृषि विकास बैंकको स्थापना तपाईहरुको तिव्र चहानाले स्थापना भएकोले स्थानीय जनताको विशेष संरक्षणमा नै बैंकले भविष्यमा थप सुविधाहरु प्रदान गर्ने बताए । उनले बैंकले उपलव्ध गराएका हरेक सेवाहरु उपभोग गर्न आग्रह समेत गरे ।
बैंकका का.मु.उप–महाप्रबन्धक प्रताप सुवेदीले बैंकले उपलव्ध गराउने सेवाहरुका बारेमा जानकारी दिए भने क्षेत्रीय कार्यालय धनगढीका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा स्थानीयबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा जानकारी दिए ।
कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि विकास बैंक लि. मुख्य कार्यालय काठमाडौंका विभागीय प्रमुख दिर्घ बहादुर अर्याल, शाखा प्रमुख तथा प्रबक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय धनगढीका शाखा प्रमुख लिलाधर भट्ट समेत उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्