Skip to content
LAXMI SUNRISE BANK

कर्मचारी सञ्चय कोषले आफ्नो सञ्चयकर्ताको लागि एक लाख रुपैयाँको स्वास्थ्य बीमा गराउने, राष्ट्रिय बीमा कम्पनीसँग भयो यस्तो समझौता !

अर्थ सरोकार

काठमाडौं- कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका लागि एक लाख रुपैयाँको स्वास्थ्य बीमा गराउने भएको छ । कोषले राष्ट्रिय बीमा कम्पनीमार्फत मंसिर १ गतेदेखि लागु हुने गरि नयाँ बीमा योजना ल्याएको हो । नयाँ योजना अनुसार साधारण औषधोपचारको लागि एक लाख रुपैयाँ र नेपाल सरकारले तोकेका घातक रोगको उपचारको लागि १० लाख रुपैयाँसम्मको बीमा हुने छ। बीमा समितिबाटै सञ्चयकर्ताको स्वास्थ्य बीमा गराउने गरी कम्पनीले स्वीकृति पाएको छ।
स्वास्थ्य बीमाको लागि कोषले वार्षिक रुपमा प्रति सञ्चयकर्ता ४२० रुपैयाँको दरले बीमा शुल्क भुक्तानी लिने छ। यस बापत सुरुमा कोषले राष्ट्रिय बीमा कम्पनीलार्इ २५ करोड २० लाख रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नेछ। बुधबार भएको संझौता अवको तीन वर्षसम्म कायम हुने कोषले जनाएको छ। सञ्चय कोषले यो बीमा कार्यक्रम लागु गरेसँगै आगामी मंसिर १ गतेदेखि एक वर्ष भरीमा साधारण रोग लागेर उपचार गराउँदा अधिकतम एक लाख रुपैयाँसम्मको ‌औषधोपचारको सुविधा प्राप्त गर्न सक्नेछन्। 
बिरामी सञ्चयकर्ताले नेपालका जुनसुकै अनुमति प्राप्त अस्पताल, स्वस्थ्य चौकि, नर्सिङ होम लगायतका स्थानबाट उपचार गराउँदा दाबी भुक्तानी पाउने छन् । दाबीको लागि अस्पतालबाट डिस्चार्ज भएको ३५ दिन र बिरामी भएको ६० दिन भित्रमा बीमा कम्पनीमा सम्पर्क गर्नु पर्नेछ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK