Skip to content
LAXMI SUNRISE BANK

‘विल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो’ हेर्न जानुभयो ? भृकुटीमण्डपमा जारी मेलाको आइतबार अन्तिम दिन ! (फोटोफिचर)

अर्थ सरोकार

काठमाडौं–राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी ‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’ आइतबार सकिंदैछ । मेलामा तीन लाख रुपैयाँमै घर निर्माण गर्ने अफरसमेत केही कम्पनीले ल्याएका छन् । नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले आयोजना भएको आयोजकको दावी रहेको यो मेला अहिलेसम्म झन्डै १० हजार जनाले अवलोकन गरिसकेको मेलामा रजिस्ट्रेसन साखामा रहेका कर्मचारीहरुले बताएका छन् । 
मेला सहआयोजक ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेल घर बनाउन चाहने हरेक ब्यक्तिलाई एक पटक ‘विल्डिंग एन्ड कन्स्ट्रक्सन एक्स्पो’ को अबलोकन गर्न सल्लाह दिन्छन् । मेलामा घर निर्माण गर्ने सम्पूर्ण सामग्री र निर्माणका लागि आवश्यक प्राविधिक सल्लाह उपलब्ध छ, उनले भने, यस्तो मौका नछुटाउन म घर निर्माण गर्ने सोच बनाइरहेका सबैलाई आग्रह गर्छु । मेलामा निर्माण सामग्रीका नविनतम प्रविधिमा अबलोकनकर्ताको भिड लागिरहेको छ । 
मेलामा निर्माण सामग्रीहरु पेन्टस्, सिमेन्ट, फर्निचर, पाइप एन्ड फिटिंग्स्, फर्निचर, फर्निसिंग, निम्नि, प्रिफ्याब, ल्याण्ड एण्ड हाउजिङ कम्पनी, इन्टेरियर डिजाइनर, स्टिल, ईटा तथा मार्बल, विद्युतीय समग्री, बीमा, सौर्य ऊर्जा, बैंकहरुका आवास कर्जा योजनालगायतका स्टलहरु छन् । मेलामा क्षमादेवी विल्डिंग मेटेरियल्स्ले प्रिफ्याबका घरहरु ३ लाख रुपैयाँमै बनाइ दिने योजना ल्याएको छ । 
मेलामा निर्माण क्षेत्रमा भित्रिएका नविनतम प्रविधिहरु प्रदर्शनमा राखिएका छन् । मेलामा ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्ट्स्, इन्टेरियर डिजाइनर, सिमेन्ट उत्पादक, फर्निचर एण्ड फर्निसिङ, स्टिल, ईटा तथा मार्बल, विद्युतीय समग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायतको १ सयभन्दा बढी स्टल छन् । मेलामा घर निर्माण गर्ने सामग्रीका साथै सुरक्षित आवास निर्माण गर्ने तरिकाबारे अबलोकनकर्तालाई सल्लाहसमेत उपलब्ध गराउने गजुरेलले बताए । 
इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामाग्री उत्पादक तथा बिक्रेता लगायत सबै सरोकारवाला पक्षलाई एकै ठाउँमा ल्याएर सुरक्षित र दिगो आवास निर्माणबारे सूचना दिने उद्दश्यले मेला आयोजना गरिएको आयोजकको भनाइ छ । 
मेलाको मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट, पेन्ट्स् पार्टनर बर्जर पेन्ट्स् र प्रायोजक क्षमादेवी बिल्डिङ् मेटेरियल्स् रहेको छ । मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेको छ । मंसिर ६ गतेदेखि ४ दिनसम्म दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मेलाको अवलोकन गर्न सकिनेछ । मेलास्थलमा निशुल्क प्रवेशको व्यवस्था छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK