×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो ३ महिनामा मात्रै ८ करोडको तास नेपाल भित्रियो, सयौं तासका बुकमा महिलाका नाङ्गा तस्विर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पछिल्लो ३ महिनामा मात्रै ८ करोडको तास नेपाल भित्रियो, सयौं तासका बुकमा महिलाका नाङ्गा तस्विर !

Artha Sarokar

१७ कार्तिक २०७५, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – दशैं तिहारका बेला खुब खेलिने र खुब बिक्रि हुने चिज हो तास । तर नेपालमा पछिल्लो ३ महिनामै ८ करोडको तास भित्रियो भन्ने सुन्दा सहजै पत्यार नलाग्न सक्छ । तर यो सत्य हो । पछिल्लो तीन महिनामा नेपालमा आठ करोड रुपैयाँको तास आयात भएको छ । ५२ लाख प्याकेटभन्दा धेरै तासका प्याकेट नेपाल भित्रिएको हो । सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार तीन महिनामा आयात भएको ८ करोड साढे ६ लाख रुपैयाँको तासमध्ये असोजमा झन्डै आधा तास आयात भएको देखिन्छ । साउनमा एक करोड ४७ लाख र भदौमा ३ करोड ६ लाख ४८ हजारको तास आयात भएको छ ।असोजमा ४ करोड ५४ लाखको आयात भएको तथ्यांक छ ।
तासको आयातमा केहि गलत धन्दा पनि भएका छन् । नेपालको प्रचलित कानुनले नग्नता वा अश्लील सामाग्री विक्री वितरण गर्न रोक लगाएको छ । तर नेपाल भित्रिएका कतिपय तासका बुकहरुमा महिलाका नांगा तस्विरहरु पनि भएको बुझिएको छ । यस्ता तास विभिन्न भीआइपी ठाउँमा प्रयोग हुने गरेको छ । प्याकेटभित्र कस्ता तास छन् भन्ने थाहा नहुनाले नेपालमा यस्ता तासका बुकहरु भित्रिरहेका छन् । प्रहरी पनि यस विषयमा बेखबर जस्तै बनेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी