×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोकरलाई ‘चोर’ भन्ने छोटेलाल रौनियारलाई खुलापत्र, ‘पहिला आफ्नो आङको भैंसी देख्नूस्… !’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

ब्रोकरलाई ‘चोर’ भन्ने छोटेलाल रौनियारलाई खुलापत्र, ‘पहिला आफ्नो आङको भैंसी देख्नूस्… !’

छोटेलाल रौनियारज्यू,
नमस्कार !
सुरुमा त मङ्सिर १० गते तपाईंले लगानीकर्ताको दबाब कार्यक्रममा ब्रोकरहरुलाई ‘चोर’ भनेको घटनाप्रति दु:ख प्रकट गर्दछु । घटनाभन्दा पनि तपाईंको सोचप्रति दु:ख प्रकट गर्दछु । ब्रोकरलाई बिनाकारण चोरको बिल्ला भिराउने तपाईं लाई केहि प्रश्नहरु सोध्न मन लागेकाले यो पत्र लेख्दैछु । कृपया पूरा पढ्ने प्रयास गर्नुहोला ।
१. इन्भेष्टर्स फोरमको उपाध्यक्ष रहनुभएको तपाईंले सोहि हैसियतमा भाषण गर्दै ब्रोकरलाई ‘चोर’ भन्नुभयो । अनि तपाईंलेचाहीं नेप्सेमा सुटुक्क छिरेर साउदसँग कुरा मिलाउने अनि आफु आन्दोलनमा नआउने तपाईंकै फोरमका अध्यक्षले अर्हाएको काम गरिरहेको हेक्का राख्नुपर्ने । कुन नैतिक धरातलमा ब्रोकरलाई चोर भन्नुभयो ? यसको कुनै प्रमाण छ तपाईंसँग ? आफ्नो संघका अध्यक्षले केके गरिरहेका छन्, हेक्का राख्नुपर्ने तपाईंले । ब्रोकरका पनि केहि कमजोरी पक्कै होलान् । तर तपाईंले भनेजस्तो ‘चोर’ नै हुनुपर्ने गरी केहि गरेका छैनन् ।  अरुको आङको जुम्रा देख्नुभन्दा अघि आफ्नो आङको भैंसी देख्नुपर्छ तपाईंले ।   
२. तपाईंले लगानीकर्ताको दवाव कार्यक्रममा बोलेको हामीले विभिन्न मिडियामा हेर्यौं । लगानीकर्ताले नारा लगाउँदा तपाईंले ‘वाईकोले काम गरिरहेको छ, उहाँहरुले काम गरिरहनुभएको छ’ भनेर पटक-पटक वाईकोकै बचाउ गरिरहनुभएको थियो । यसको पछाडीको रहस्य के हो ? तपाईं पटक-पटक वाईको पुग्नुभएको छ । कहिले कुनै संघको सल्लाहकार भएर त कहिले फोरमको उपाध्यक्ष भएर ! खासमा वाईकोलाई बचाउनुपर्ने तपाईंको खास कारण के हो ? तपाईंलाई लगानीकर्ता प्यारो कि वाईको ? तपाईं वाईकोले चलाएको संघको उपाध्यक्ष कि लगानीकर्ताको संघको उपाध्यक्ष ?
३. धेरै सचेत लगानीकर्तालाई थाहा छ तपाईं पदको लोभमा इन्भेष्टर्स फोरममा जानुभयो । नत्र सेयर लगानीकर्ता संघ नेपाल किन छोड्नु भयो ? बस् पदका लागि ? बार्गेनिङका लागि ? पटक पटक उठेको यो प्रश्नको उत्तर छ तपाईंसँग ? अनि कुन धरातलमा उभिएर ब्रोकरलाई ‘चोर’ भन्दै हुनुहुन्छ ?
४. बैंकबाट मार्जिन कल आएपछि तपाईंले बैंकरलाई थर्काएको बिर्सनुभयो ? यति तल्लोस्तरको काम गर्ने अनि ब्रोकरलाई चोर भन्ने अलिकति पनि नैतिकता छैन ?
५. ब्रोकरले कहाँ गल्ती गरे ? त्यहि नेप्सेले ब्रोकरलाई मात्र अनलाइनको युजरनेम दिंदा यसबारे नेप्सेको विरोधमा केहि बोल्नुभयो ? अझ वाईकोले गरेको काम ठिकै छ भन्न अलिकति पनि लाज लागेन ?
अलिकति त लाज सरमको पनि ख्याल गर्नुहोस् छोटेलालजी ! तपाईंको फोरममा जानुको नियत सबैले बुझेका छन् । छताछुल्ल नपार्नुहोस् । ब्रोकरलाई बिना कारण चोर भन्ने अधिकार कसैलाई छैन । भोलि तपाईंलाई कसैले डाका भन्यो भने त्यसको स्पष्टीकरण दिनुपर्दैन ? विचार गरेर बोल्नुहोला । नाम जस्तै छोटो बुद्धि नगरेकै राम्रो । तपाईंसँग लगानीकर्ताले केहि आश नगरेपनि, एउटा जिम्मेवार संघको उपाध्यक्षसँग आम लगानीकर्ताले धेरै आश गरेको हुन्छ । 
लगानीकर्ताको हक चिताउने 
एक ब्रोकर हाउसका कर्मचारी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: