×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक र बयोधा हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंक र बयोधा हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

२६ कार्तिक २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बल्खु स्थित बयोधा हस्पिटलबीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा अस्पतालका तर्फबाट संचालन बिभागका जनरल म्यानेजर उत्तम थापाले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्डवाहक तथा कर्मचारीहरुले बयोधा हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी