- सरला राउत / अर्थ सरोकार डटकम
काठमाडौँ- नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले गरेको एभरेष्ट ईन्सुरेन्स कम्पनी लिमिटेड (EIC) को मुल्य समायोजन अव्यवहारिक, अवैज्ञानिक र लगानीकर्ताको हित विपरित भएको भन्दै लगानीकर्ताका विभिन्न संघहरुले त्यसको विरोध गरेका छन् ।
लगानीकर्ताका नेताहरुले नेपाल स्टक एक्सचेन्जका प्रमुख चन्द्र सिंह साउदसँग भेट्दै यसबारे छलफल गरेका हुन् । आईतबार विहान १० बजे नेप्से पुगेका विभिन्न लगानीकर्ताहरुलाई सम्वोधन गर्दै नेप्सेले पनि यो प्रकरणलाई गम्भीरतापूर्वक लिने र लगानीकर्ता संघहरुकै सुझाव अनुसार अगाडी बढ्ने जानकारी दिनुभएको छलफलपछि लगानीकर्ताका नेताहरुले बताएका छन् ।