Skip to content
LAXMI SUNRISE BANK

गण्डकी विकास बैंकको नयाँ शाखा मुस्ताङको कागवेनीमा, कुल शाखा ७७ पुग्यो

अर्थ सरोकार

काठमाडौँ – गण्डकी विकास बैंकको मुस्ताङ जिल्ला बारागुुङ मुक्तिक्षेत्र गा.पा. वडा.नं ४ स्थित कागवेनी शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंक सुपरिबेक्षण बिभागका कार्यकारी निर्देशक भुवन कँडेलले एक समारोहका विच गरेका छन् । आफ्नो प्रमुख अतिथिय मन्तव्यका क्रममा कार्यकारी निर्देशक कँडेलले गण्डकी विकास बैंक एउटा अग्रणी र सक्षम बिकास बैंक रहेको र आफ्ना ग्राहक वर्गलाई यस प्रकारको दुर्गम क्षेत्रमा समेत सर्वसुलव ढंगबाट अत्याधुनिक सेवा प्रदान गरेकोमा खुसी व्यक्त गर्दै बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकले प्रदान गर्ने सेवा सुविधा, बैंकका गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराए । गण्डकी विकास बैंक लिमिटेडका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगावहादुर क्षेत्री, बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख पेन्चोक छेप्तेन गुरुङ, जनशान्ति मा.वि.का प्रधानाध्यापक प्रेम गौतम, स्थानीय मिलन यूवा क्लवका अध्यक्ष घ्याचो गुरुङले पनि शुभकामना मन्तव्य दिएका थिए ।
सोही अवसरमा प्रमुख अतिथि भुवन कँडेल र प्रमुख जिल्ला अधिकारीबाट मुस्ताङको सौरुमा रहेको सौरु आधारभूत विद्यालयलाई चौध थान झोला, स्टेशनरी सामान र १ थान कम्प्युटर एवम् मुस्ताङकै कागवेनीमा स्थित जनशान्ति माध्यामिक विद्यालयका बिद्यार्थिहरुलाई पचास थान झोला, स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियो । 
बैंकले वित्तीय पहुँचलाई उच्च प्राथमिकता दिँदै हिमाल, पहाड र तराईका जनताहरुलाई सहज र सरल रुपमा आफ्ना ७७ वटा शाखाहरुबाट पूर्ण बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबिबिएस, एटिएम, ईसीसी, आईपिएस, सीआस्वा, मोबाइल बैंकिङ सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
बैंकले आ.व. २०७५/७६ को प्रथम त्रैमासमा संचालन मुनाफा रु. १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ७२ करोड र कर्जा तर्फ रु.२१ अर्ब २४ करोड पुर्याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK