×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकको १२औँ वार्षिकोत्सवमा दुई सामाजिक कार्यक्रम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गण्डकी विकास बैंकको १२औँ वार्षिकोत्सवमा दुई सामाजिक कार्यक्रम

६ मंसिर २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गण्डकी विकास बैंकले आफ्नो बाह्रौ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगतका दुई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरेको छ । 

रक्तदान कार्यक्रमबाट ८१ युनिट रगत संकलन

पहिलो कार्यक्रम अन्तरगत बैंकले वर्तमान समयमा रहेको मानव जीवनसँग प्रत्यक्ष सरोकार राखेको रक्त अभावलाई मध्यनजर गरी खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्यो । बैंकको प्रधान कार्यालय प्राङ्गण वि. पी. चोक, चिप्लेढुङ्गा पोखरामा क्षेत्रीय रक्त सञ्चार सेवा, रामघाट पोखराको सहयोगमा सञ्चालित उक्त रक्तदान कार्यक्रमवाट ८१ यूनिट रगत संकलन गरियो । बैंकका सञ्चालक पद्य प्रसाद पौडेलबाट पहिलो ब्लडब्याग पहिलो दाता कृष्ण पौडेललाई हस्तान्त्रण गरी शुभारम्भ गरिएको कार्यक्रममा बैंकका कर्मचारी एंवम् सर्वसाधारणले सहभागिता जनाएका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने प्रतिवद्धता व्यक्त गरे । 

वृद्धाश्रमलाई सहयोग

वार्षिकोत्सवकै अवसर पारेर बैंकले पोखरा ३२, लामेआहाल स्थित राधाकृष्ण बृद्धाश्रममा एक कार्यक्रमका विच खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ । कार्यक्रममा आश्राम रहेका ४६ जना बृद्धबृद्धा तथा १८ जना बटुकलाई बैंकका सञ्चालकद्धय पद्य प्रसाद पौडेल र नारायण बहादुर बाँनियाद्धारा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । वितरण कार्यक्रममा बैंकका सञ्चालक पद्यप्रसाद पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले सामाजिक उत्तरदायित्वमा बैंक निकै सचेत रहेको र यस प्रकारका कार्यक्रमहरुलाई आगामी दिनमा पनि प्राथमिकताका साथ अगाडि बढाउने नीति बैंकसँग रहेको बताए । बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले आफ्नो अपेक्षा गरे भन्दा पनि बढि सहयोग प्रदान गरेकोमा बैंक परिवारलाई धन्यवाद सहित बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
बैकले वित्तिय पहुँचलाई उच्च प्राथमिकता दिँदै हिमाल, पहाड र तराईका जनताहरुलाई सहज र सरल रुपमा आफ्ना ७७ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । बंैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबिबिएस, एटिएम, ईसीसी, आईपिएस, सीआस्वा, मोबाइल बंैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
बैंकले आ.व. २०७५/७६ को प्रथम त्रैमासमा संचालन मुनाफा रु. १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ७२ करोड र कर्जा तर्फ रु.२१ अर्ब २४ करोड पुर्याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी