काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले मंगलबार झापाको दमक शाखा कार्यालयको उद्घाटन गरेको छ । शाखा कार्यालयको उद्घाटन दमक नगरपालिकाका मेयर रामनाथ ओलीले गरे । विकास बैंकको दमक शाखा कार्यालयको उद्घाटनसंगै गरिमा विकास बैंक लिमिटेडको प्रदेश नं.१ को झापा, मोरङ्ग र सुनसरीमा ९ वटा शाखा कार्यालय संचालनमा छन ।
गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाडौँको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्दैछ । २०७५ मंसीर १० गतेसम्म विकास बैंकले रु.२४ अर्ब ७५ करोड निक्षेप संकलन गरी २१ अर्ब ५० करोड कर्जा लगानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्