काठमाडौँ – नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा पूर्णिमा विकास बैंक पनि आवद्ध भएको छ । बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट अनलाईन प्रति कारोबार एक लाख रुपैयाँसम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार पाँच हजार रुपैयाँसम्मको भुक्तानी कारोबार गर्न सक्नेछन् ।
यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com अथवा यसको मोबाईल एप्समा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्नेछन् । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको राजश्व भुक्तानी, रकम ट्रान्सफर,क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटको फण्ड लोड, सेयर ब्रोकरको भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् ।उक्त प्रणालीमा उपलब्ध भएका पेमेन्ट प्रोसेसर (गेटवे) पनि केहि मर्चेन्ट पोर्टलहरुमा जडान भइसकेका छन् । यस्ता सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुन्छ ।
यस प्रणालीमा हालसम्म ४६ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म ३७ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्