
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- विहानदेखि नै वेव साइटमा समस्या देखिएको नेप्सेले आज १७.३१ अंकले बजार घटेको जनाएको छ । तर आज दिनभर र अघिल्लो कारोबारको दिन पनि नेप्सेको साइटमा समस्या देखिएकाले आज एक दिनका लागि यो इन्डेक्स पत्याईहाल्न नहुने विज्ञहरुले सुझाव दिएका छन् ।
नेप्सेको काम गरिरहेको वाईको मै कार्यरत एक कर्मचारीलेसमेत आजको इन्डेक्स पत्याईहाल्न गाह्रो हुने वा भोलिको कारोबार समयमा घटबढ हुन समेत सक्ने कुरामा ध्यानाकर्षण गराएका छन् । यद्यपी उनले आफु काम गर्ने वाईकोले बनाएको अनलाइनको चौतर्फी आलोचना भइरहेका बेला आफ्नो विवरण र नेप्सेको आजको इन्डेक्स नपत्याउन दिएको सुझावको टेक्निकल कारण भने उल्लेख नगर्ने बताए ।
आजको नेप्सेकै विवरण पत्याईदिने हो भनेचाहिं नेप्से १२०५.२२ विन्दुमा पुगेको छ ।
‘खरिद भन्दा बिक्री सस्तोमा राखेको पनि देखिन्छ । ठ्याक्कै त्यस्तो भएको होला र ? लगानीकर्ता आफैंले हिसाव गर्दा राम्रो । नेप्सेले देखाएको धेरै अंकहरुमा गोलमाल छ । कारोबारको विवरणमै पनि केहि त्रुटी छ । अव हामीले यस्तो हो है भनिदिने हो, बाँकी त लगानीकर्ता आफैंले बुझ्नुको विकल्प छैन ।’ उनले अर्थ सरोकारसँग भने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्